महिन्दा राजापाक्षे बने श्रीलंकाको नयाँ प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

महिन्दा राजापाक्षे बने श्रीलंकाको नयाँ प्रधानमन्त्री

mahinda-rajapaksha

एजेन्सी, ५ मंसिर । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा महिन्दा राजापाक्षे चयन भएका छन् । श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका हुन् ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गरेका थिए । नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । नवनियुक्त प्रधानमन्त्री राजापाक्ष सामू अस्थिर रहेको श्रीलंकाको राजनीति मुलधारमा ल्याउने चुनौती रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);