राजापाक्षेबिरुद्ध अविश्वासको प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजापाक्षेबिरुद्ध अविश्वासको प्रस्ताव पारित

एजेन्सी, २८ कात्तिक । श्रीलंकाको संसदले प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविस्वासको प्रस्ताव पारित गरेको छ । संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट बुधबार संसदले प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको हो ।

संसदको २२५ सदस्यमध्ये बहुमत सदस्यले राजापाक्षेलाई नियुक्त गर्ने राष्ट्रपतिको कदमविरुद्ध मतदान गरेका थिए । गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई अपदस्त गरी संसद विघटनसमेत गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्रीमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए ।

तर श्रीलंकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय खारेज गरिदिएको थियो । बुधबारको बैठकमा राजापाक्षे समर्थक सांसदको नाराबाजीबीच सभामुख कारु जैसूर्याले संसदमा राजापक्षको बिपक्षमा बहुमत सांसदहरुले मतदान गरेको निर्णय सुनाएका थिए ।

सभामुखले ध्वनीमतको आधारमा निर्णय सुनाएका थिए । श्रीलंकामा निर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रपतिले अपदस्थ गरेर नयाँ प्रधानमन्त्री नियुक्त गरेसंगै राजनीतिक संकट गहिरिंदै गएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);