श्रीलंकाका अपदस्थ प्रधानमन्त्री सिंङघे पुनर्वहाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

श्रीलंकाका अपदस्थ प्रधानमन्त्री सिंङघे पुनर्वहाली

एजेन्सी, १ पुस । श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङघे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलंकामा राजनीतिक संकट सुरु भएको ५१ दिनपछि विक्रमासिङघेलाई पुनर्बहाली गरेका हुन् ।

सिरिसेनाले गत अक्टोबर २६ मा विक्रमासिंङघेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ गराए ।

विक्रमासिंङघेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैँले बर्खास्त गरेका विक्रमासिंघेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य हुनुपरेको छ ।

राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका थिए । संसद र अदालत दुबैले संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिङघेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उनलाई नै फेरि नियुक्त गर्न बाध्य भएका हुन् । विक्रमासिंङघेले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);