अमेरिकी फौजद्वारा लुटिएका घण्ट ११७ वर्षपछि फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अमेरिकी फौजद्वारा लुटिएका घण्ट ११७ वर्षपछि फिर्ता

US returns war trophy bells to Philippines

एजेन्सी, १ पुष । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट फिर्ता गरिएको छ । सन् १९०१ मा फिलिपिन्सको बालाङहिगामा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि क्रुद्ध अमेरिकी सेनाले भीषण आक्रमण गरी ठूलो क्षति र्पुयाइदिएको थियो ।

त्यसबेला नै अमेरिकी फौजले जितको ट्रफिका रुपमा गिर्जाघरमा भएका तीन वटा घण्ट आफूहरुसँगै लगेका थिए । त्यसबेला अमेरिकी फौजको कारबाहीमा फिलिपिन्सका हजारौं सेना मारिएको बताइएको छ । दशकौंको दबाबपछि गत अगस्तमा फिलिपिन्सस्थित अमेरिकी दूतावासले ती घण्टा फिर्ता गर्ने घोषणा गरेको थियो ।

फिलिपिन्समा पूर्व औपनिवेशिक शासकविरुद्धको स्वतन्त्रताको प्रतीकका रुपमा ती घण्टलाई लिने गरिन्छ । १ सय १७ वर्षअघि घण्ट चोरिएको बालाङहिगामा आयोजित कार्यक्रममा राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्ना नागरिक र अमेरिकाको प्रशंसा गरे ।

घण्ट फिर्ता भएपछि आयोजित हजारौं सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डुटेर्टेले अमेरिकीहरूको यो उदारताको श्रेय अमेरिका र फिलिपिन्स दुवै देशका नागरिकहरु भएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);