अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनद्वारा अफगानिस्तानको आकस्मिक भ्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनद्वारा अफगानिस्तानको आकस्मिक भ्रमण

एजेन्सी, ९ चैत। अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले आकस्मिक रुपमा अफगानिस्तानको भ्रमण गरेका छन्।

अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सैनिक फिर्ता लैजाने तयारी गरिरहेको समयमा अस्टिन आकस्मिक रुपमा अफगानिस्तानको भ्रमणमा गएका हुन् ।

मन्त्री अस्टिनले अफगान राष्ट्रपति अश्रफ घानीसँग भेटवार्तासमेत गरेका छन् । भेटका क्रममा जिम्वेवारीपूर्ण तवरले युद्धको अन्त्य गरिनुपर्ने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उच्च तहमा रहेको हिंसा कम गर्नेमा ध्यान केन्द्रित हुनुपर्ने र द्वन्द्व अन्त्यका लागि वार्तालाई बढावा दिनु पर्नेमा रक्षा मन्त्री अस्टिनले जोड दिएको बताइएको छ । अमेरिकी सेना फिर्ता लैजाने बारे गएको वर्ष तालिबान र तत्कालीन ट्रम्प प्रशासनबीच सहमति भएको थियो । तर बिद्रोही र अफगान सरकारबिचको वार्तामा भएको सहमति भने अझै पूर्ण रुपमा कार्यान्वयनमा आएको छैन ।

पूर्व सहमति अनुसार आउँदो मे १ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्नेछ । अफगानिस्तानमा अझै पनि झण्डै २५ सय अमेरिकी सैनिक छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);