श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख

Mahinda Rajapaksa

एजेन्सी, १ पुष । प्रधानमन्त्री नियुक्त भएको करिब ५० दिनपछि महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति मैथ्रिपला सिरिसेनाले रनिल बिक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी पूर्वराष्ट्रपतिसमेत रहेका राजापाक्षेलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उक्त कदमसँगै श्रीलंकामा उत्पन्न राजनीतिक संकट राजपाक्षेको राजीनामापछि समाधानतर्फ उन्मुख भएको बताइएको छ।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीमा राजापाक्षेको नियुक्तिसँगै संसद् भंग गरी नयाँ निर्वाचन मिति घोषणा गरेका थिए। उनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै राजापाक्षेलाई संसद्बाट अनुमोदन हुन आदेश दिएको थियो। संसद्मा राजापाक्षेले आफ्नो पक्षमा बहुमत पु¥याउन नसकेपछि उनका समर्थक र बर्खास्तमा परेका विक्रमासिंघे समर्थक सांसदबीच हात हालाहालसमेत भएको थियो। सर्वोच्च अदालतले संसद् विघटन गरेर देशलाई नयाँ निर्वाचनतर्फ लैजाने श्रीलंकाली राष्ट्रपति सिरिसेनाको कदम गैरकानुनी भएको फैसला बिहीबार सुनाएको थियो।

राजापाक्षेले शनिबार आफ्नै घरमा आयोजना गरिएको एउटा कार्यक्रममा राजीनामापत्रमा हस्ताक्षर गरेको बिबिसीले उल्लेख गरेको छ। राजापाक्षेका छोरा नमालले देशमा स्थिरता कायम होस् भनेर आफ्ना बुबाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पनि बिबिसीले जनाएको छ।

अक्टोबरमा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट बिक्रमासिंघेलाई बर्खास्त गर्दै राजापाक्षेलाई नियुक्त गरेका थिए। सर्वोच्च अदालतको आदेश र राजापाक्षेको राजीनामा आएपछि बिक्रमासिंघेले आइतबार पुनः कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);