सिक्टाको निरीक्षण गरेर फर्किए विदेशी विज्ञ | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

सिक्टाको निरीक्षण गरेर फर्किए विदेशी विज्ञ

sikta sichai

काठमाडौं, १ पुष । सिक्टा सिँचाइ परियोजनाअन्तर्गत पश्चिम खण्डको मूल नहरको निरीक्षण गरेर अस्ट्रेलियन विज्ञहरू शनिवार आफ्नो देश फर्किएका छन् । अस्ट्रेलियाबाट आएका दुई र नेपाली दुई गरी चार सदस्यीय विज्ञ टोलीले नहरको फुटेको खण्डको परीक्षण गरेको थियो ।

मंगलवार बाँके पुगेको टोलीले बिहीवारसम्म स्थलगतरूपमा विभिन्न अध्ययन गरेको आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए । ‘टोलीले स्थलगतरूपमा गर्न सकिने परीक्षणहरू गर्‍यो,’ उनले भने, ‘माटोको ल्याब टेस्ट गरेर रिपोर्ट पठाइदिनु भनेर उहाँहरू भने फर्किनुभएको छ ।’

अस्ट्रेलियन विज्ञहरूले परीक्षणका लागि माटो नै लैजान खोजेका थिए । तर, दुवैतिरको विमानस्थलमा पेश गर्नुपर्ने कागजात निर्माणको प्रक्रिया लामो हुने भएपछि उनीहरू माटो नलिई गएको नेपालले जानकारी दिए ।

‘स्थलगत अध्ययन टोलीमा रहेका हाम्रा माटोसम्बन्धी प्राविधिकलाई गर्नुपर्ने परीक्षणका बारेमा उहाँहरूले बताएर जानुभएको छ,’ नेपालले भने, ‘जतिसक्दो चाँडो ल्याब टेस्ट सकेर त्यसको प्रतिवेदन पठाउनेछौं ।’ माटो परीक्षण प्रतिवेदनका आधारमा अस्ट्रेलियन विज्ञहरूबाट आउने सुझाव उक्त परियोजनामा उत्पन्न समस्या समाधानमा सहयोगी हुने आशा राख्न सकिन्छ ।

यो खबर आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);