दुई बस्ती स्थान्तरण गर्न सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दुई बस्ती स्थान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक,२२ पुष। विपद संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी लगायतका जोखिममा रहेका दुई बस्तीस्थान्तरण गर्न विज्ञ समुहको टोलीले सिफारिस गरेको छ ।

गत असार र साउन महिनामा आएको पहिराले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्र लगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञहरुको टोली एक महिना अघि पठाएको थियो ।पुननिर्माण प्राधिकरण र राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको विज्ञहरुको टोलीले एक सातासम्म जुगल गाउँपालिकाको विभिन्न चार जोखिम बस्तीहरुको स्थलगत अध्ययन गरेको थियो ।

विज्ञहरुको टोलीमा पुननिर्माण प्राधिकरणको तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले मंगलबार पत्रकार सम्मेलन गरेर अध्ययन गरीएका चार बस्ती मध्ये दुइ बस्ती उच्च जोखिममा रहेको निष्र्कष निकालिएको जानकारी दिनुभयो ।

विज्ञहरुको टोलीले जुगल गाउँपालिकाको लिदी,बोल्दे,ठुलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो ।बाढीपहिरोले वर्षाको समययमा सिन्धुपाल्चोकमा ठुलोजनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र वागलुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।गएको असारयता जिल्लाका बिपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए । ३९ अझै बेपत्ता छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);