गृहमन्त्री खाँणद्वारा हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

गृहमन्त्री खाँणद्वारा हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण (फोटो फिचर)

सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले गत असार १ र साउन १६ गतेको वर्षाको कारण सो क्षेत्रमा भएकाे क्षतिकाे अवलाेकन गरेका हुन् ।

गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । गृहमन्त्री खाँणकाे टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको छ ।

गृहमन्त्री खाँणले सो क्षेत्रमा बाढीपहिराबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाबाको बारेमा जानकारी लिनुका साथै भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।

अवलाेकन पश्चात् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले आफुले सरकारबाट पाएकाे जिम्मेवारी पूरा गर्ने बताए ।

मेलम्ची पुननिर्माण तथा सराेकार समितिकाे पहलमा गृहमन्त्रीले मेलम्ची हेलम्बु क्षेत्रकाे निरिक्षण गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);