पहिरो जादा गाउँ नै उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरो जादा गाउँ नै उच्च जोखिममा

इलाम, १७ असोज । इलामको सन्दकपुर ४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम शुरु भएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । ४ घर विस्थापित हुने अवस्थामा छन् । जलविद्युतको सुरुङ निर्माणपछि पानी चुहिएर जमिन भासिएको आशंका गरिएको छ ।

३ महिना अघिदेखि गाउँनै पहिरोमा जानेगरी जमिन भासिने क्रम शुरु भएपछि इलामको माबुका स्थानीय उच्च जोखिममा रहेका छन् । माबु—माइमझुवा जोड्ने पर्यटकीय सडक र इलाम—सन्दकपुर जोड्ने सडक भासीन थालेपछि अवरुद्ध भएको छ ।

पहिरो शुरु भएपछि माबुमा रहेको पंचकन्यामाइ हाइड्र्रोपावरको सर्च ट्याँक र करिव ४ सय मिटर पेनस्टक पाइपलाइनमा क्षति पुगेको छ । जमिन भासिन थालेपछि स्थानीय अनुमाया गुरुङ, कोल बहादुर गुरुङ, भीमदल गुरुङ र प्रविण गुरुङको घर समेत भासिन थालेपछि ती परिवारहरु विस्थापित हुने अवस्थामा छन् ।

पंचकन्यामाई हाइड्रोपावरको सर्च ट्यांकी र सुरुङ मार्गको आउटलेटदेखि करिव ४ सय मिटरको भाग पहिरोको उच्च जोखिममा परेको छ । १४ घर परिवारको २ सय ५ रोपनी जमिन पहिरोमा परेको छ । पहिरोले स्थानीय विद्युत वितरण लाइन पनि जोखिममा परेको छ ।

जमिन भासिएर पहिरो जाने क्रम शुरु भएपछि जोखिम निम्तिएको भन्दै स्थानीयले पंचकन्यामार्ई हाइड्रोपावरको पानी बन्द गरेका छन् । विद्युत विपद संघर्ष समिति बनाएर जलविद्युत कम्पनीलाई जोखिम कम गर्न आग्रह गरिएको छ ।

जलविद्युतको सुरुङ निर्माण पछि पानी चुहिएर जमिन भासिएको स्थानीयको भनाई छ । जलविद्युत कम्पनीले भुगर्भबिद सहितको टोलीले जोखिम क्षेत्रको अध्ययन गरेको थियो । तर यसको प्रतिवेदन भने सार्वजनिक भएको छैन ।

जमिन भासिने र पहिरो नरोकिएमा माइखोला नै थुनिन सक्ने भएकोले समयमै यसको रोकथाम तथा बस्ती स्थानान्तरण गरि स्थानीयलाई सुरक्षित स्थानमा राख्नु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);