लगातारको बर्षाले दर्जनौँ घरगोठ पहिरोको जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

लगातारको बर्षाले दर्जनौँ घरगोठ पहिरोको जोखिममा

बाग्लुङ,१४ साउन । लगातारको बर्षाले बाग्लुङ नगरपालिकाको वडा नं ५ मालिकामा ३ घर भत्किएका छन् भने दर्जनौँ घरगोठ पहिरोको जोखिममा परेका छन् । असारे विकासका लागि सडक खन्ने प्रवृत्तिले पुरा बस्ती जोखिममा परेको भन्दै स्थानीयहरु चिन्तित छन् ।

विना योजना सडक खन्दा जमिनको माटो खुकुलो भएकाले घर जोखिममा परेकाले स्थानीय घरमा बस्न समेत त्रसित छन् ।बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.५ मालिकाका हेमराज रेग्मी, भरत रेग्मी र टकमायाँ किसानको घर पहिरोले भत्काएको छ । सोही ठाउँका भरत रेग्मी, हर्कबहादुर क्षेत्री, भिमप्रसाद शर्मा र देवीप्रसाद शर्माको गोठ भत्किएको छ भने त्यहाँ रहेका अन्य घरहरु पनि पहिरोको जोखिममा रहेका छन् ।

सडक विस्तारको क्रममा डोजरले जमिन कमजोर बनाएको कारण पहिरोको उच्च जोखिममा परेर स्थानीयबासी चिन्तित भएका हुन् । बाढी पहिरोले घर भत्काउन लागेपछि ज्यान जोगाउन उनीहरु अहिले घर छाडेर सुरक्षित ठाँउमा बस्न बाध्य भएका छन् ।

अहिले स्थानीयलाई कहाँ बस्ने, के खाने र परिवारलाई कहाँ राख्ने भन्ने चिन्ताले सताएको छ । विकासका नाममा सडक मात्र जोड्ने परिपाटीको कारण बाढी पहिरोको जोखिम झन् बढ्न थालेको छ ।

हतारमा गरिने असारे विकासले बाढी पहिरो र भुक्षय जानेक्रम बढेकोले अबका दिनमा सरकारले असारे विकासको परिपाटी परिमार्जन गर्न आवश्यक रहेको पूर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले बताउनु भयो ।

पहिरोका कारण करोडौँको भौतिक संरचनामा क्षति पुगेको वडा अध्यक्ष शिव प्रसाद सापकोटा बताउनु हुन्छ । वर्षा हुँदा स्थानीयवासी रातभर  बसेर बिताउने गरेका छन् । गाउँभरीनै पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);