पहिरोसँगै करोडौंको धार्मिक संरचना उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पहिरोसँगै करोडौंको धार्मिक संरचना उच्च जोखिममा

kudule pahiro

बाग्लुङ, १३ असार । वर्षासुरु भएसँगै बाग्लुङमा बाढी र पहिरोको जोखिम बढेको छ । विगत ५ वर्ष देखि सडक विस्तारको क्रममा भएको लापर्वाहीले बाग्लुङमा पहिरोसंगै करोडौको धार्मीक संरचना उच्च जोखिममा परेको हो ।

बागलुङ नगरपालिका वडा नम्बर-४ देखी वडा नम्बर-५ मालिका जोड्ने सडक विस्तार र स्थानीयले व्यक्तीगत रुपमा खनेको कारण वर्षा सुरु भएसँगै पहिरोको जोखिम बढेको छ ।

कुडुलेका आधा दर्जन घर, संस्कृत विषयमा अध्यापन हुने मुक्तिनाथ वेद विद्याश्रम, रंगवैंकटेश्वर मुक्तिनारायण मन्दीर तथा शालीग्राम संग्रालय पहिरोको उच्च जोखिममा परेको हो । मन्दीर तथा विद्यालय परिषरमा पहिरो गएपछी जिल्ला दैवीप्रकोप उद्धार समिति तथा स्थानीय जनप्रतिनिधीलाई जानकारी गराएको भएपनी चासो नदिदा खतरा बढेको हो ।

संस्कृत विषयमा अध्यापन हुने मुक्तिनाथ वेद विद्याश्रममा १७ जिल्लाका १ सय भन्दा वढी वटुकहरु अध्यनरत छन् । करिव ९ करोडको लागतमा निर्माण गरिएको गण्डकी प्रदेशकै ठुलो रंगवैकटेश्वर मन्दीर र ७ करोड लागतमा बनेको शालीग्रम संग्रालय विगत ५ वर्ष देखी पहिरोको जोखिमा पर्दा समेत सम्वन्धीत निकाय मौन वस्दा स्थानीय आक्रोशित भएका छन् ।

वर्षात् सुरु भएपछि पहिरोले कतिबेला गाउँ बगाउँछ भन्ने त्रासमा रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ । रातभर डर त्रासमा बस्नुपर्दा समेत समस्याको समाधान गर्न तर्फ कसैले चासो नदिएको उनिहरुको दुखेसो छ ।

प्रदेश सरकारको करिव ३० करोड सहयोगमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले देखि वडा नम्वर ५ मालिका जोड्ने सडक विस्तारको क्रममा पहिरो गएपछी निर्माणको जिम्मा लिएको काठमाण्डौ कन्ट्रकशनले पहिरो व्यवस्थापनको लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

मनसुन सुरु भएसँगै यस क्षेत्रमा पहिरो खस्न सुरु भइसकेको छ । यसलाई समयमै व्यवस्थापन गर्न सम्बन्धीत निकायको ध्यान जान आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);