नेपालमा सलह किराको प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेपालमा सलह किराको प्रवेश

salaha

काठमाडौं, १३ असार । नेपालमा सलह किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् ।

शनिबार प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा सलह देखिएका छन् । नेपाली वैज्ञानिकहरुका अनुसार दुईतीन अघि भारतको बनारस हुँदै गोरखपुरमा सलह देखिएको थियो । त्यसपछि सर्लाही, बारामा देखिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्ले दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको बताएकोछ प्राविधिक टोलीले अहिले फिल्डमा गएर सलहको पहिचान गर्ने काम गरिरहेको छ ।

प्राविधिक टोलीहरुले पठाएको तस्बिरका आधारमा हेर्दा नेपालमा देखिएका सलह वयस्क नभएको बताइएको छ । अहिले अपरिपक्व वयस्क गुलाबी रंगका लोकस्ट भेटिएका हुन् गुलाबी रंगका यी सलह मरुभूमिमा पाइनेजस्तो खतरनाक नहुने बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);