सलहको प्रकोप एक महिनासम्म रहन सक्ने विज्ञको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सलहको प्रकोप एक महिनासम्म रहन सक्ने विज्ञको प्रक्षेपण

salaha

काठमाडौं, १४ असार । बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ ।

वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन् । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताउनुभयो ।

सलह शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सलह किरालाई विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाई छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);