निषेधाज्ञामा के गर्न पाइने ? के गर्न नपाइने ? उल्लंघन गरेमा कस्तो सजाय हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निषेधाज्ञामा के गर्न पाइने ? के गर्न नपाइने ? उल्लंघन गरेमा कस्तो सजाय हुने

kathmandu-lockdown

काठमाडाैं । सरकारले उपत्यकाका तिन जिल्लामा निषेधाज्ञा जारी गरेको छ । कोरोनाको संक्रमणदरमा बृद्धिभएसंगै उपत्यकाका तिन जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुरमा बिहिबार वैशाख १६ गते बिहान ६ बजेबाट वैशाख २२ गते राति १२ बजेसम्म लागि कायम रहने गरीे निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञामा के गर्न पाईने ?

व्रतबन्ध तथा विवाह आयोजनाका लागि १५ जनासम्म सहभागी हुनुपर्ने छ । दुलहा र दुलही पक्षसहितले ब्यानरसहित दुई वटासम्म सवारीसाधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्ला आवतजावत गर्न पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए अनुमति लिनुपर्ने छ । चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिएर विवाह अथवा व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कन सकिनेछ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, ब्याङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारन्टीन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन लगायत ढुवानी तथा यातायतका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न सरकारी कार्यालय लगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न ।

खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म
ब्याङ्क तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने नीजि नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न । सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा सूचना सङ्कलन तथा सम्प्रेषणका लागि आवतजावत गर्न ।

के गर्न पाइदैन

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न । अत्यावश्यक बाहेकका सार्वजनिक तथा नीजि सवारीसाधन चलाउन । अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन गर्न । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन यस अघि रेष्टुराँले टेकअवे सेवा दिन पाउने व्यवस्था भए पनि यसपाली जिल्ला प्रशासन कार्यालयहरूको आदेशमा यो विषयबारे केही उल्लेख गरिएको छैन।

उल्लंघन गरे कस्तो सजाय हुने ?

जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उप दफा ३ द्वारा प्राप्त अधिकारको प्रयोग गरी निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका छन्। संक्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्ने ।

उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय हुन सक्ने छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);