काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ, अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ, अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

कोरोना सक्रमणको जोखिम नियन्त्रणका लागि थप कडाइसहित बुधबार रातिदेखि निषेधाज्ञा थप भएको हो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनुसार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्यालय आउँदो जेठ १३ गतेसम्मका बन्द गर्न निर्देशन दिएको बताए ।

साथै अत्यावश्यक सेवाका कार्यालयलाई पनि सकेसम्म कम जनशक्तिबाट व्यवस्थापन गर्न आग्रह गरिएको उनकाे भनाई छ ।

त्यस्तै आजदेखि खाद्यान्न तथा तरकारी पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने छ भने औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कोही पनि घर बाहिर निस्किन पाउने छैनन् ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने बताइएको छ ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । निषेधाज्ञा जारी रहेकै समयमा कोरोना संक्रमणको दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।
०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);