उपत्यकाको निषेधाज्ञामा के गर्न पाउने के गर्न नपाउने सूचिसहित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपत्यकाको निषेधाज्ञामा के गर्न पाउने के गर्न नपाउने सूचिसहित


काठमाडौँ । कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप कायम गरिने भएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेसंगै केही प्रावधानहरु हेरफेर गर्ने निर्णय गरेको हो।

आज बसेको बैठकले अब काठमाडौँ उपत्यकामा प्रवेश गर्ने सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक काम परेका र उपत्यका प्रवेश गर्नुपर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सञ्चालन गर्न पाउने गतिविधिहरु
औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल २४ घण्टै खुला गर्न पाइने
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि मात्र गर्न पाइने छ

सञ्चालन गर्न नपाइने गतिविधिहरु
खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने
सभा सम्मेलन , पार्टी प्यालेस, नाचघर, सिनेमा हल, डान्सबार क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने
शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने
पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने
स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने

सवारी साधन सञ्चालनको हकमा
क्षमता भन्दा बढी यात्रु राख्न नपाइने
सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेचालक र सहचालकले अनिवार्य माक्स, भाइजर र पन्जा प्रयोग गर्नुपर्ने
सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ (क) लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने
उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गनए पाइने
सार्वजनिक एवंम निजी निर्माण कार्याको लागि निर्माण सामग्री ढुुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिईने

रीक्षाको तथा अन्य विषयको हकमा
सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी सञ्चालन गर्न पाउने
परीक्षा सञ्चालन गर्ने हलमा २५ भन्दा बढी परीक्षार्थीहरु राख्न नपाइने
परीक्षा हलमा प्रवेश गर्नु पूर्व परीक्षा समाप्त भएपश्चात सरकारले तोकेको मापदण्ड अनिवार्य हुनुपर्ने छ
गोष्ठी, तालिम, सेमिनार, बैठक समीक्षा, प्रशिक्षण जस्ता क्रियाकिलापहरु संञ्चालन गर्दा भर्चूअल माध्यमको प्रयोग गर्ने
उपस्थितनै हुनुपर्ने भएमा बढीमा २५ जना मात्र हुनुपर्ने छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);