पाल्पामा फेरी निषेधाज्ञा थपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पाल्पामा फेरी निषेधाज्ञा थपियो

पाल्पा । पाल्पामा जारी लकडाउनलाई केही खुकुलो बनाउँदै थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख १७ गतेदेखि जारी लकडाउनमा केही प्रावधानमा खुकुलो बनाएको हो । समितिको बैठकले यस अघि बन्द रहेको सार्वजनिक यातायातलाई जोर विजोर आधारमा जिल्ला भित्र संचालन गर्ने, सबै खालका व्यवसायहरु ५ बजेसम्म संचालन गर्ने लगायतका निर्णय गरेको छ ।

यस अघि पसल व्यवसायहरु विहान ७ बजेदेखि ३ बजेसम्म खुल्दै आएको थियो । पाल्पामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्वाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए ।

पाण्डेका अनुसार सार्वजनिक यातायातहरु जोर विजोर आधारमा खुल्नेछन्, यस्तै व्यवसायहरु विहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म संचालन हुनेछन्, अन्य धार्मिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी लगायतका भिडहुने कार्यक्रम गर्न भने बन्देज लगाइएको छ ।

यस्तै यस अघि पसल, व्यवसायहरु विहान ७ बजेदेखि ३ बजेसम्म खुल्दै आएकोमा त्यो समय बढाएर ५ बजेसम्म पु-याएको छ । सभा, सम्मेलन, गोष्ठी, विवाह,ब्रतबन्ध,तथा अन्य धार्मिक, सामाजिक कार्यमा भोजभतेर खुवाउने गरी होटल, रेष्टुरेण्ड तथा पार्टी प्यालेसहरु सञ्चालनमा भने रोक लगाएको छ ।

आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);