ट्रक दुर्घटना हुँदा चालक घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्रक दुर्घटना हुँदा चालक घाइते

बर्दिया । कोहलपुर देखी सुर्खेत तर्फ जादै गरेको ट्रकको पट्टा भाची ट्रक सडकको भित्तामा ठोकिदा ट्रक चालक घाइते भएकाे छ ।

मिति २०७८।०३।३१ गते बिहीबार अ. १९ : ०० बजेको समयमा जिल्ला बर्दिया बासगढि न.पा. १ स्थित रत्न राजमार्ग सडकखण्डमा कोहलपुर देखी सुर्खेत तर्फ जादै गरेको जिल्ला सिन्धुपाल्चोक जलबिरे गा.पा. ९वडा न नखुलेको बस्ने बर्ष २७ को रमेश थापाले चलाएको ना६ख . ३९२३ न. को ट्रकको पट्टा भाची ट्रक सडकको भित्तामा ठोकिन गई चालकको दुबै खुट्टा स्टेरिङले च्यापि घाइते भएकाे हाे ।

घटनाकाे अवस्थामा बारे खबर प्राप्त हुन साथ प्रहरी चौकी चेपाङ बर्दियाबाट प्र .ह. भद्र बहादुर बि.क. को कमाण्डमा ४ जनाको टोली खटिई गई निज ट्रक चालकलाई जे.सि.बि.द्वारा उद्वार गरी उपचारको लागी मेडिकल कलेज कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

निज ट्रक चालक बोल्न सक्ने,हिडडुल गर्न नसक्ने उक्त स्थानमा बाटो अवरोध नभएको पनि जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);