बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानो मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानो मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वि.सि रहेकी छन् । 

शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा बि.सि च्यापिएकी थिइन् । घाइते भएकी वि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);