बाँकेमा भयावह बन्दै कोरोना, एकै रात ३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बाँकेमा भयावह बन्दै कोरोना, एकै रात ३ को मृत्यु

बाँके । कोरोनाको दोश्रो लहर चलेसँगै भायवह बनेको बाँकेमा एकै रातमा तीन संक्रमितको मृत्यु भएको छ ।

सोमबार रातभरमा बाँकेमा तीन संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमी बाँकेले जनाएको छ । मृत्यु हुनेमा नेपालगञ्ज, कोहलपुर र दाङको तुलसीपुर उपमहानगरपालिका एक÷एक संक्रमित रहेका छन् ।

बैशाख १३ गते संक्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिकाका २६ वर्षीय पुरुषको गए राति करिब साढे आठ बजे मृत्यु भएको हो । उनी बैशाख १२ गतेबाट नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

त्यसैगरी, बैशाख १० गते संक्रमण पुष्टि भएका कोहलपुर नगरपालिकाका ६० वर्षीय महिलाको विहान करिब पौने ३ बजे तिर मृत्यु भएको हो । उनी बैशाख ११ बाट भेरी अस्पतालमा भर्ना भएका थिए ।

त्यसैगरी बैशाख १३ गते संक्रमण पुष्टि भएका दाङ तुलसीपुर उपमहानगरपालिकाका ७४ वर्षीय महिलाको विहान करिब साढे ६ बजे मृत्यु भएको थियो । उनको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);