पर्सामा थप ३ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पर्सामा थप ३ संक्रमितको मृत्यु

पर्सा । पछिल्लो समय वीरगन्जका अस्पतालमा उपचाररत पर्साका २ र बाराका १ गरी ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार वीरगन्जस्थित नेशनल मेडिकल कलेज बाबा अस्पतालमा भर्ना भएका पकहामैनपुर वडा नं. ५ का ३८ वर्षीय महिलाको आईतबार साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिए । अस्पताल भर्ना भएकै दिन ती महिलाको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

त्यसैगरी वीरगन्ज हेल्थ केयरमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नं. १० का ६० वर्षीय महिलाको सोमबार बिहान साढे १२ बजे मृत्यु भएको श्रीवास्तावले जानकारी दिए । गत बैशाख २३ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यस्तै बारा जिल्ला निजगढ नगरपालिका ७ का ६० वर्षका पुरुषको कोरोना संक्रमणका कारण नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको नारायणी अस्पताल कोभिड संयोजक डा सरोज रोसन दासले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १७ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । बैशाख १८ गते स्वाव परीक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टि भएको थियो र उनको आज बिहान २ बजे गम्भीर प्रकृतिको निमोनियाका कारण मृत्यु भएको डा. दास ले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);