एसईई र कक्षा १२ को परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि, एसईई को परीक्षा आगामी जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट सञ्चालन गर्ने तालिका रहेको थियो ।

बढ्दो कोरोना संक्रमणका कारण बोर्डले अर्को सूचना नआएसम्मका लागि दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

एसईई परीक्षाका लागि भने प्रश्नपत्र छाप्ने कामसमेत सकिएको छ । यसपटकको एसईईमा ५ लाख १७ हजार विद्यार्थीहरु सहभागी हुने छन् ।

कक्षा १२ को परीक्षाका लागि भने अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यसका साथै बोर्डको बैठकमा स्थगित गरिएका एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलको संयोजकत्वमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललाई दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);