यो वर्ष पनि एसईई परीक्षाको अधिकार प्रदेशले पाएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यो वर्ष पनि एसईई परीक्षाको अधिकार प्रदेशले पाएन

काठमाडौं, १५ माघ । यस वर्षको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । परीक्षाको जिम्मा बोर्डले गत वर्ष नै प्रदेशलाई दिने निर्णय गरेको थियो । तर, उक्त विषय कार्यान्वयन नहुदा यो वर्ष पनि प्रदेशले पाएको अधिकार बोर्डले खोसेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को २०७९ सालको एसईईको परीक्षा नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि, परीक्षा नियन्त्रक कार्यालयले प्रदेश कार्यालयहरुमा स्रोत साधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाट गर्नुपरेको जनाएको छ । केन्द्रको अनुसार प्रश्नपत्र बोर्डले छाप्ने र परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षा गर्ने कार्य भने प्रदेश कार्यालयले गर्नेछ । हालै प्रकाशित भएको कार्यतालिका अनुसार एसईई आगामी चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई परीक्षा बिहान ८ बजेदखि हुने र तीन घण्टाको हुनेछ ।

एसईईलाई प्रदेशमा अधिकार दिने हल्ला २०७३ सालदेखि भएपनि त्यो समयमा शिक्षा ऐन संशोधनले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानेको छ । त्यसअघि कक्षा १० सम्ममात्रै माध्यमिक शिक्षा थियो भने कक्षा ११ र १२ लाई उच्च माध्यमिक तह मानिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);