यस वर्षको एसईई पनि केन्द्रले नै लिने, प्रश्नपत्र भने प्रदेशअनुसार फरक-फरक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यस वर्षको एसईई पनि केन्द्रले नै लिने, प्रश्नपत्र भने प्रदेशअनुसार फरक-फरक

Rastriya-Pariksha-board

काठमाडौं, १५ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने भएको छ।

बोर्डले बुधबार राती परीक्षा तालिका निकाली परीक्षाफल प्रकाशन र प्रश्नपत्र छपाइको काम केन्द्रले गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिनुभयो।
कर्मचारी व्यवस्थापन गर्न मुस्किल भएकाले उक्त परीक्षा केन्द्रबाटै गरिने बोर्डको तर्क छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले आउँदो वर्ष भने प्रदेशबाटै परीक्षा सञ्चालन गरिने दाबी गर्नुभयो। उहाँले प्रश्नपत्र केन्द्र र उत्तरपुस्तिका छपाइ प्रदेशस्तरबाट हुने जानकारी दिनुभयो।

उहाँका अनुसार परीक्षाको आचारसंहिता बिगतकै जस्तो रहनेछ। बोर्डले पुरानो पाठ्यक्रमबाट ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि जिल्ला सदरमुकाम वा पायक पर्ने एउटै परीक्षा केन्द्रमा राख्न निर्देशन दिएको छ। उक्त तालिकाअनुसार एसइई चैत १० गतेदेखि शुरू भई २१ गते सकिनेछ। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);