श्रीमती र अामाको नाम राखेर नागरिकता लिए एक कानुन व्यवसायीले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

श्रीमती र अामाको नाम राखेर नागरिकता लिए एक कानुन व्यवसायीले

citizenship

काठमाडौं, १५ मंसिर । पहिले पहिले पुराना नागरिकतामा बुबाको मात्रै नाम लेखिन्थ्यो। नयाँ नागरिकतामा आमा र श्रीमतीको नाम थप्न सकिने व्यवस्था गरियो।

पछिल्लो समयमा आमाको नाम राखेर नागरिकता बनाउने धेरै छन्। नेपालगञ्जका एक कानुन व्यवसायीले भने आमा र श्रीमतीको नाम राखेर नागरिकता लिएका छन्।

कानुन व्यवसायी विश्वजित तिवारीले महिला हिंसा न्यूनीकरणको सचेतना फैलाउन नागरिकतामामा आमा र श्रीमतीको नाम थपेका हुन्। ‘यसले महिला र पुरुषको अधिकारमा पहुँच देखाउँछ’, तिवारीले भने।

सूचना अभियन्तासमेत रहेका अधिवक्ता तिवारीले सबैले आफ्नो नागरिकतामा नागरिकतामा बुबा आमा र श्रीमतीको नाम उल्लेख गर्दा समान अधिकार झल्किने बताए। आमा र श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिने तिवारी जिल्लामै पहिलो भएको प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिए। याे खबर नेपाल समाचारपत्रमा छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);