इलाममा २४ घण्टा भित्र श्रीमान-श्रीमतीकै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलाममा २४ घण्टा भित्र श्रीमान-श्रीमतीकै मृत्यु

इलाम, १७ मंसिर । २४ घण्टाको फरकमा इलाममा श्रीमान श्रीमतीको मृत्यु भएको छ । २४ घण्टा नबित्दै महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगर र उनकी श्रीमतीको मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो भने श्रीमान डबलसिंहको आज राती मृत्यु भएको हो ।

फाकफोकथुम गाउँपालिका-४ का डबलसिंघ कोरोना पोजिटिभ भएपछि बिराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोवेल अस्पतालमा उपचार गराईरहेका पुरुषको मंसिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । उनको ८ गते नै श्वाव संकलनको रिपोट पोजेटिभ देखिएको थियो ।

उपचारत मगरलाई मंसिर १३ भ्याटिलेटरबाट निकालिए पनि १५ गते श्वास प्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतिलाई सुनाएको थियो । अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अफ्ठेरो महसुस गरेरी श्रीमतिलाई पनि उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई र अस्पताल पुर्याउँदै मृत्यु भएको बताइएको छ ।

उपचारत पुरुषको पहिले कोरोना संक्रमण पोजेटिभ थियो गत १५ गते पुन गरिएको श्वाव परक्षणको रिपोट आईनसकेको स्वास्थ्य कार्यालय इलामका फोकलपर्सन विमल बरालले बताए । श्रीमतीको हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ । कोरोना महामारीका कारण युवाअवस्थामा नै श्रीमान श्रीमतीको मृत्यु भएपछि जिल्लावासीमा त्रास पैदा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);