डाक्टर नपाउँदा एकजना बिरामीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

डाक्टर नपाउँदा एकजना बिरामीको मृत्यु

Dead body


बुटवल, १८ चैत । बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले अस्पताल भित्रै डाक्टर नपाउँदा एकजना बिरामी को मृत्यु भएको छ । बिगत सोमबार देखि अस्पताल भर्ना भएकी सैनामैना साालझण्डीकी ४० वर्षिया पार्वती घिमिरेको डाक्टर नपाएर मृत्यु भएको हो ।

लगातार बमिटिङ र अक्सिजनको कमी भएर अस्पताल ल्याईएकी उनलाई स्वास प्रश्वास लिन असहज भएपछि उनीहरुले डाक्टर कल गर्न भनेका थिए । मध्यराती अन्दाजी १ः५०मा डाक्टर कल गर्दा डाक्टर २ः४० मा मात्र डाक्टर बिरामी जाँच्न पुगेका थिए ।

ईमर्जेन्सीका ड्युटी अफिसर रुद्र कार्की समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको मृतकका श्रीमान सुर्यबहादुर बरालले बताए । राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताए ।

‘२४ सै घण्टा डाक्टरको सुबिधा छ भनेर गरेको प्रचार हेरेर श्रीमतीलाई अस्पताल ल्याईयो अहिले डाक्टर नपाएर श्रीमतीको ज्यान गयो ।’ बरालले भने । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको कारण डाक्टरलाई कारवाही गर्न माग गर्दा अस्पतालका अध्यक्ष चिरन्जिवी जोशीले गोप्य कोठामा बसेर कुरा मिलाउन भनेको बरालले आरोप लगाए । ‘मेरो जहान बितेको छ, म कोठामा बसेर कुरा मिलाउन चाहन्न, डाक्टरमाथि कारवाही हुने प¥यो ।’ बरालले भने ।

उता अस्पतालका अध्यक्ष जोशीले राती ११ बजे नै डाक्टरहरुले आईसीयूमा लैजान भन्दा बिरामीका आफन्त नमानेको बताउँछन् । ‘आवश्यकता अनुसार डाक्टरहरुले उपचार गरेकै हुन्, कोशिस गर्दा पनि बचाउन सकिएन ।’ जोशीले बताए ।

ईमर्जेन्सीका डाक्टर कार्की कल गरेको ४३ मिनेट पछि अस्पताल पुगेको भने उनले स्विकार गरेका छन् । सरकारी अस्पतालमा कडाईका साथ ड्युटी नहुने भनेर निजी अस्पतालमा ल्याउँदा पनि समयमा डाक्टर नपाएर बिरामीको मृत्यु भएको आफन्तहरुले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);