वैदेशिक रोजगारको क्षेत्रमा गरिएको कामको संचारकर्मीहरु बीच अन्तक्रिर्या सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वैदेशिक रोजगारको क्षेत्रमा गरिएको कामको संचारकर्मीहरु बीच अन्तक्रिर्या सम्पन्न


सर्लाही , १८ चैत्र । नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल बमोजिम श्रम,रोजगार तथा हेल्भेटास नेपालको प्रविधिक सहयोगमा हरिवनमा रहेको बागमती सेवा समाज नेपालले लालबन्दीमा एकदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि वैदेशिक रोजगारको क्षेत्रमा गरिएको कामको बारेमा संचारकर्मीहरु बीच अन्तक्रिर्या कार्यक्रम गरेको छ ।

लालबन्दी स्थित नमस्ते होटलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सुरक्षित आप्रवासन परियोजना (सामी) को बारेमा जानकारी गराएको हो ।

संस्थाले नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल बमोजिम श्रम,रोजगार तथा हेल्भेटास नेपालको प्रविधिक सहयोगमा जिल्लाको सदरमुकाम मलंगवा , हरिवन र बरहथवा नगरपालिकामा तथा चन्द्रनगर गाउँपालिका सँग समन्वय गरी सूचना केन्द्र संचालन गर्दै आएको छ ।

सूचना केन्द्रहरुबाट राहदानी बनाउन आउनेहरुलाई वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानी, सुरक्षितसँग जाने प्रक्रिया लगायतको बारेमा परामर्श दिदै आएको छ ।

ती सूचना केन्द्रहरुबाट गत साउनदेखि पुस मसान्तसम्ममा राहदानी बनाएका २ हजार ९२६ जनामध्ये २ हजार २१८ जनाले सुरक्षित वैदेशिक रोजगारीको बारेमा सूचना लिइसकेको परियोजनाकी कार्यक्रम संयोजक देविका कार्कीले जानकारी दिईन् ।

कार्यक्रममा परियोजना संयोजक कार्की र बागमती सेवा समाज म्यानेजर दिवाकार झाले संचारकर्मीहरुलाई संयुक्तरूपमा परियोजनाका कामहरुको बारेमा जानकारी गराएका थिए ।

संस्थाले सूचना केन्द्र संचालन गर्नुका साथै सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षा संचालन, व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श उपलब्ध गराउने साथै तरकारी खेती, पशु–पालन तथा विभिन्न व्यापार व्यवसायका लागि आर्थिक सहयोग गर्ने जस्ता कामहरु गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);