रेमिट्यान्स भित्र्याउने सार्क मुलुकमा नेपाल अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रेमिट्यान्स भित्र्याउने सार्क मुलुकमा नेपाल अगाडि

remitance

काठमाडौं, १४ वैशाख । नेपालले सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढि रेमिटयान्स भित्र्याउने गरेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा नेपाल सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढि रेमिट्यान्स भित्र्याउने मुलुक रहेको उल्लेख गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपाल रेमिट्यान्स भित्र्याउने मुलुकहरुको सूचिमा विश्वमै पनि अघिल्लो पंक्तिमा देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ लाख ६२ हजार ७ सय ६६

प्रतिवेदनमा नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ३ लाख ६२ हजार ७ सय ६६ जना पुगेको छ । हाल वार्षिक रुपमा रेमिटयान्सको रकम ८० हजार ४ सय ६२ रुपैयाँ सम्बन्धित परिवारले लिने गरेको पनि प्रतिवेदनमा औंल्याइएको छ।

प्रतिवेदनमा हाल नेपालको श्रम बजारमा करिव ५ लाख नयाँ श्रम जनशक्ति भित्र्ने गरेको पनि उल्लेख गरिएको छ । नेपालबाट हाल सय भन्दा बढि मुलुकहरुमा युवाहरु रोजगारीका लागि जाने गरेको सहसचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिवेदनले मुलुक भित्र रोजगारीको अवस्था सृजना नभएका कारण ठूलो हिस्सा वैदेशिक रोजगारीमा जान बाध्य भएको स्पष्ट पारेको छ ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने प्रतिवेदन वैज्ञानिक र भरपर्दो नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले मन्त्रालयको प्रतिवेदनलाई विश्वसनीय बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री विष्टले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक पहल गर्ने अठोट गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);