चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो ७५ अर्ब ९६ करोड रेमिट्यान्स | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो ७५ अर्ब ९६ करोड रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा भने रेमिट्यान्स आप्रवाह १८.१ प्रतिशत र अमेरिकी डलरमा १७ दशमलव ५ प्रतिशतले गिरावट आएको छ । 
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या वृद्धि भई १३ हजार आठ सय पुगेको छ । गतवर्ष कोरोना महामारीले गर्दा यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ९९.२ प्रतिशतले घटेको थियो ।  

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ८६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);