सेयर बजारमा दुई दशमलव ७० अंककाे सामान्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सेयर बजारमा दुई दशमलव ७० अंककाे सामान्य वृद्धि

share bazzar

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक दुई दशमलव ७० अंकले बढेर दुई हजार ८१९ दशमलव ६५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज २२८ कम्पनीले एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर कारोबार हुँदा कुल सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको सेयर कारोबार भएको छ । आज बैंकिङ र फाइनान्सको उपसूचकहरु मात्रै हरियो देखिएका छन् । बैंकिङ समूहको उपसूचक दुई दशमलव ४७ अंकले उकालो लागेको छ भने फाइनान्स समूहको उपसूचक शून्य दशमलव ३१ अंकले मात्र सुधारिएको छ । 

त्यस्तै, बाँकी सबै समूहका उपसूचकहरु राताम्मे भएका छन् । आज सबैभन्दा धेरै ओरालो लाग्ने समूहको उपसूचकमा होटल र पर्यटन, हाइड्रोपावर र लगानी समूहको उपसूचकहरु रहेको छन् । यिनीहरु सबै दुई समूहका उपसूचक दुई अंक भन्दा धेरेले ओरालो लागेका छन् । बाँकी सबै समूहको उपसूचकमा शून्यदेखि एक दशमलवभन्दा बढीको मात्रै गिरावट आएको छ । 

आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानीमा बैंक रहेको छ । बैंकको आज ३४ करोड १५ लाख ८३ हजार ९७२ दशमलव १० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । लघुवित्त ११९ दशमलव ७० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा हिमालय पावर पार्टनरका लगानीकर्ता रहेका छन् । कम्पनी –२९ अंकले घाटामा गएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);