गत आर्थिक वर्षको एघार महिनामा करीव आठ खर्बको रेमिट्यान्स भित्रियो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गत आर्थिक वर्षको एघार महिनामा करीव आठ खर्बको रेमिट्यान्स भित्रियो

rastra-bank

काठमाडौं, ४ साउन । गत आर्थिक वर्षको एघार महिनामा बैदेशिक रोजगारीमा जानेबाट करीब आठ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिने अर्थात गत जेठसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गर्दै मुलुकमा सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ९दशमलव ७ प्रतिशतले बढेको थियो । यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १६ दशमलव ६ प्रतिशतले वृद्धि भई नौ खर्ब पाँच अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति शून्य दशमलव १ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यसैबीच अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ३७ दशमलव ३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);