आयात घटेपछि व्यपारघाटामा सुधारको अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आयात घटेपछि व्यपारघाटामा सुधारको अपेक्षा

काठमाडौं, ९ असोज । चालू वर्षको दुई महिना यता आयात घटेपछि व्यपारघाटामा सु्धार देखिएको छ चालु आर्थिक वर्षको दुई महिनामा २२ प्रतिशतले आयात घट्दा निर्यात १० प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

आयातको आकार घट्नु र निर्यातको परिमाण बढ्दै जानुले वैदेशिक व्यापारमा नेपालले ब्यहोर्ने घाटामा केहि सुधार हुने अपेक्षा गरिएको हो । गत वर्ष नेपालले वैदेशिक व्यापार घाटामा १६ दशमल ८३ प्रतिशतले सुधार आएको थियो । वर्षभरी हुने आयात १५ प्रतिशतले खुम्चिँदा गत वर्षको व्यापार घाटा पनि खुम्चिएको भन्सार विभागले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा व्यापार घाटामा २४ दशमलव ९३ प्रतिशतको सुधार आएको छ । यस अवधिमा २२ दशमलव ०७ प्रतिशतले आयात घटेर १० दशमलव ४९ प्रतिशतले निर्यात बढ्दा वैदेशिक व्यापार घाटामा सुधार देखिएको हो ।

गत वर्षको साउन र भदौ महिनामा नेपालले २ खर्ब २९ अर्ब ५० करोड रूपैयाँको आयात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा जम्मा १ खर्ब ७८ अर्ब रूपैयाँको आयात गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा ५१ अर्बभन्दा बढीले आयात घटेको हो ।

गत वर्षको भदौ महिनासम्म नेपालले २० अर्ब ४४ करोड रूपैयाँको निर्यात गरेको छ । अघिल्लो वर्षको यही अवधिमा जम्मा १८ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको भदौ महिनासम्म भएको निर्यातमा आएको वृद्धि १ अर्ब ९४ करोडको हो । कोभिड १९ को कारण आयात घटेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);