असोजसम्ममा २ खर्ब ६१ अर्ब व्यापार घाटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

असोजसम्ममा २ खर्ब ६१ अर्ब व्यापार घाटा

काठमाडौं, ४ कार्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ६१ अर्ब रूपैयाँको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब २३ अर्ब ३० करोड रूपैयाँको वैदेशिक व्यापार भएको छ । यो अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ३१ अर्ब ४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा २ खर्ब ६१ अर्ब रूपैयाँको व्यापार घाटा भएको भन्सार विभागको तथ्यांक छ । यो अवधिमा ८५ करोड ६० लाख रूपैयाँ राजस्व संकलन भएको छ । पहिलो तीन महिनामा ३ खर्ब २३ अर्ब ३० करोड रूपैयाँको वैदेशिक व्यापार भएको छ । यो अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ३१ अर्ब ४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।

गत आर्थिक वर्षको यही आवधिमा ३ खर्ब ३४ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो । त्यसैगरी २७ अर्ब १६ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो । त्यस अवधिमा ९३ अर्ब ५७ करोड रूपैयाँ राजस्व संकलन गरिएको भन्सारले जनाएको छ ।

विभागका अनुसार गत वर्षको यही अवधिको तुलनामा वस्तु आयात १२.७४ प्रतिशतले घटेको छ भने निर्यात १४.२८ प्रतिशतले बढेको छ । आयात घट्दाको असर राजस्व संकलनमा परेको छ । राजस्व संकलन ८.५२ प्रतिशतले गिरावट आएको विभागले जनाएको छ ।

अघिल्लो असोजको तुलनामा यसपटक वैदेशिक व्यापार १३.४५ प्रतिशतले घटेको छ । कोभिडका कारण बजार सामान्य नहुँदा त्यसको असर वैदेशिक व्यापारमा देखिएको भन्सार विभागले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);