साता नेप्से नकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साता नेप्से नकारात्मक

nepse down

काठमाडौं, ९ असोज । यस साता नेप्से परिसूचक करिब ११ अंक घटेको छ । अघिल्लो साताको अन्तिम दिनको कारोबार १५ सय ७२ दशमलव १८ विन्दुमा बन्द भएको नेप्से यस साता १० दशमलव ९१ अंक अर्थात ० दशमलव ६९ प्रतिशत घटेर १५सय ६१ दशमलव २७ विन्दुमा झरेको छ ।

यस साता २ सय ६ कम्पनीको २ लाख ६१ हजार ८ सय ४९ पटकको कारोबारमा १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको ४ करोड ४ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । साताको कारोबार रकम गत साताको तुलनामा १४ दशमलव ९४ प्रतिशत कम हो । गत साता बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको थियो ।

कारोबार रकमका आधारमा यस साता नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस साता ७२ करोड ८१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । अघिल्ला साता कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको भने यस साता ६१ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ३ उपसमूहको मात्र परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७ दशमलव १५ प्रतिशत बढेको छ ।

त्यसैगरी, फाइनान्सको ३ दशमलव ९० प्रतिशत र हाइड्रोपावरको ० दशमलव ४९ प्रतिशत बढेको छ । यस साता होटल उपसमूहको परिसूचक सर्वाधिक ८ प्रतिशत घटेको छ । यस साता एक डिबेञ्चर सहित ५ कम्पनीको २ करोड ११ लाख ७७ हजार ४ सय ३७ दशमलव ५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

सातामा लिबर्टी इनर्जीको १ करोड ५० लाख कित्ता तथा समाज लघुवित्तको २ लाख कित्ता आईपीओ, एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० हकप्रद, छ्याङ्दी हाइड्रोपावरको १ लाख ३५ हजार कित्ता बोनस शेयर र २० लाख कित्ता प्रभु बैंक डिबेञ्चर २ हजार ८४ सूचीकृत भएको हो ।

यस साता मोस्ट पपुलर बाइ स्टकमा सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल क्रेडि एण्ड कमर्श बैंक, नेपाल सेवा लघुवित्त, मञ्जुश्री फाइनान्स, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीहरु परेका छन् ।

त्यसैगरी, मोस्ट पपुलर सेल स्टकमा यस साता हिमाल दोलखा हाइड्रोपावर, युनाइटेड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएमबि हाइब्रिड फण्ड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको परेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);