उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृहले दियो अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृहले दियो अनुमति

काठमाडौं, १० असोज । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताएका छन् ।

गृह मन्त्रालयले विद्युतिय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी जम्मा नहुने लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी अनुमति दिएको गोल्छाको भनाई छ । यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले अव छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताए ।

महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो । कोरोनाका कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको साधारणसभा रोकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);