नेपाल उद्योग वाणिज्य महासंघ : विशेष साधारणसभा स्थगन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल उद्योग वाणिज्य महासंघ : विशेष साधारणसभा स्थगन गर्ने निर्णय

nepal udhayog banijya mahasangh

काठमाडौं, २४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको कात्तिक २९ गतेलाई तोकिएको विशेष साधारणसभाको स्थगनसँगै महासंघको विधान संशोधन र त्यससँग जोडिएको भावी नेतृत्वबारे करीब एक वर्षदेखिको शक्ति संघर्षले विश्राम पाएको छ । योसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघको भावी अध्यक्ष बन्ने बाटो पनि खुलेको छ ।

महासंघको विधान संशोधन समितिको शुक्रवारको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा गठित विधान संशोधन समितिले ३५ बुँदे संशोधन प्रस्ताव कात्तिक २९ को विशेष साधारणसभामा पेश गर्ने तयारी गरेको थियो । शुक्रवारको बैठकले प्रक्रिया पूरा नगरी विधान संशोधन अघि बढाइएको भन्दै आएको महासंघभित्रकै फरक मतलाई सम्मान गर्दै विशेष साधारणसभा स्थगित गर्ने निर्णय
गरेको बताइएको छ ।

महासंघको आगामी नेतृत्वका लागि शक्ति संघर्ष चर्किंदै जाँदा महासंघ दुई चिरामा विभाजित भएको थियो । पूर्वअध्यक्ष ढकाल, गोल्छालाई अध्यक्ष बन्न नदिन जसरी पनि रोक्ने पक्षमा उभिएका थिए भने बाँकी पूर्वअध्यक्षहरू गोल्छाको पक्षमा खुलेरै उभिए । विधान संशोधनमार्पmत् अध्यक्षको प्रत्यक्ष निर्वाचनको पक्षमा ढकाललाई महासंघका दुई उपाध्यक्ष किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठको साथ थियो । उता, गोल्छाको पक्षमा पूर्वअध्यक्ष पशुपति मुरारकाको दह्रो सहयोग रह्यो । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);