रूप ज्योति पक्राउ प्रकरण : निजीक्षेत्रको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रूप ज्योति पक्राउ प्रकरण : निजीक्षेत्रको आपत्ति

RupJyoti

काठमाडौं, २४ कात्तिक । ज्योति समूहका उपाध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री रूप ज्योति पक्राउलाई लिएर निजीक्षेत्रका व्यावसायिक संगठनहरूले आपत्ति  व्यक्त गरेका छन् । अपराध नै प्रमाणित नभई मात्र उजुरीको भरमा यसरी पक्राउ गर्न नहुने भन्दै नेपाल चेम्बर अफ कमर्शले आधिकारिक रूपमै यसको विरोध गरेको छ ।

मुलुकको औद्योगिक क्षेत्रमा ठूलो लगानी गरेर नियमित रूपमा राजस्वमा योगदान गरिरहेका उद्यमीलाई अमर्यादित व्यवहार गर्दा निजीक्षेत्र मर्माहित भएको चेम्बरको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघले आफ्नो आधिकारिक धारणा बाहिर नल्याइसके पनि यी दुई संस्थासँग आबद्ध व्यवसायीहरू पनि ज्योति पक्राउ गर्ने प्रहरीको कदमसँग असन्तुष्ट रहेका छन् ।

महासंघले भने यस घटनाबारे आज (आइतवार) आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि आज बिहान महासंघको कार्यसमितिको बैठक बोलाइएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘यस घटनाप्रति महासंघको आधिकारिक धारणा आइतवार सार्वजनिक गर्नेछौं । मेरो व्यक्तिगत रूपमा भन्नु पर्दा, कुनै एउटा व्यक्तिले गरेको अपराधमा सबैलाई पक्राउ गर्नु न्यायोचित होइन । यस घटनाले नेपालमा निजीक्षेत्रको सम्मान नभएको प्रमाणित गरेको छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले पनि यस विषयप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो कानूनी प्रक्रियाको कुरा हो । तर, रूप ज्योतिमाथि अन्याय भएकोजस्तो लाग्छ,’ उनले भने, ‘कानूनी प्रक्रियामा नै आवश्यक सुधार गर्न आवश्यक छ ।’

महानगरीय प्रहरी परिसर टेकुले ज्योति सिंगापुरबाट फर्कने क्रममा उनकी छोरी सुरुचिसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहीवार साँझ पक्राउ गरेको थियो । प्रहरीका अनुसार छोरी सुरुचिलाई पनि अदालतकै आदेशअनुसार पक्राउ गरिएको हो । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);