८०० सवारी साधन थप्दै ट्राभल कम्पनी, पर्यटन व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

८०० सवारी साधन थप्दै ट्राभल कम्पनी, पर्यटन व्यवसायी

visit-nepal-2020

काठमाडौं, २४ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० नजिकिएसँगै टुरिष्ट बस सञ्चालक तथा ट्राभल कम्पनीहरू सवारी साधन थप्न सक्रिय हुनथालेका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै टूर्स एण्ड ट्राभल कम्पनी तथा होटलहरूले पर्यटकीय सवारी साधनमा लगानी थप्दैछन् । ट्राभल कम्पनी र होटेलसमेत गरी १५० ओटा कम्पनीले साना–ठूला गरी ८०० ओटा नयाँ सवारी साधन भित्र्याउने तयारी गरेका छन् ।

साना सवारी साधन खरीद गर्दा रू. ४० लाख र ठूला बसहरू खरीदमा रू. १ करोडभन्दा बढी लगानी हुने बताउँदै नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले यी सवारी साधन किन्न बढीमा ८ अर्ब रुपैयाँ लगानी हुने जानकारी दिए । उनका अनुसार संघमा आबद्ध कम्पनीहरूले ५ देखि ७ ओटासम्म सवारी साधन भित्र्याउने तयारी गरेका छन् ।

संघका अनुसार हाल मुलुकभर विभिन्न ट्राभल कम्पनी, पर्यटन व्यवसायी, होटलका गरी ५ हजार २०० भन्दा बढी पर्यटक सवारी साधन सञ्चालनमा छन् । शर्माले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले भ्रमण वर्ष घोषणा गरे पनि सडक सुधारमा पर्याप्त काम नगरेको बताए । ‘पर्यटक यातायातमा संलग्न व्यवसायीहरूलाई सरकारले कुनै सहुलियत दिएको छैन । इन्धनमा पाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) मिनाहाको सुविधा पनि अहिले सरकारले खारेज गरिदिएको छ । इन्धनमा तिर्दै आएको १३ प्रतिशत भ्याट मिनाहाको व्यवस्था गर्नुपर्छ,’ उनले बताए ।

भारतीय सवारी साधन न्यून भन्सार शुल्क तिरेर नेपालमा निर्बाध रूपमा पर्यटक घुमाउने क्रमलाई रोक्न सरकारले कडाइ गर्नुपर्ने संघको माग छ । नेपाली पर्यटन यातायात व्यवसायीले सरकारलाई विभिन्न कर तिरिरहेको तर भारतीय पर्यटक बसहरू नेपाल भित्रिन कडाइ नगर्दा नेपाली थप मर्कामा परेको संघको भनाइ छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);