उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी

काठमाडौं, १७ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । आफु २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफु पुजारी बनेर पूजागर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

सोमबार काठमाडौंम आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायीक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफुलाई बिजयी बनाउने विश्वास प्रधानले व्यक्त गनुएभयो । उहाँले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभयो ।

आफुलाई भावि अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उहाँको कार्यकालाई सफल बनाउन पनि उहाँले रोजेको समूह नै अगाडी आउने विश्वास गरेको बताउनुभयो ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको थियो । प्रधान समूहले आजै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);