उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी, उम्मेदवारी दर्ता जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी, उम्मेदवारी दर्ता जारी

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेर गएको छ । महासंघको यही चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि उपाध्यक्षसहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ । आईतवार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबाट समर्थन पाएको शिवप्रसाद घिमिरेसहितको प्यानलले तामझामका साथ उम्मेदवारी दर्ता गराएको छ । घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् भने एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन् । घिमिरे समूहले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह केही दिन अघि सार्वजनिक गरेको थियो ।

उम्मेदवारी दर्ता पछि वस्तुगततर्फको उपाध्यक्ष घिमिरेले आफूतिर मतदाताको आकर्षण रहेको र चुनाव जित्ने निश्चित भएको बताउनुभयो । उहाँले चुनाव जितेपछि महासंघलाई साझा बनाउन सचिवालय सुधार गर्ने समेत बताउनुभयो ।

वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएपछि घिमिरेले भन्नुभयो–‘पहिला शुरुआत नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय सुधारदेखि महासंघमा निजी क्षेत्रको गुनासो सुन्ने इकाइ स्थापना गरिनेछ । नेपालमा लगानीको वातावरण नहुनु भनेको नेपालका मौज्जुदा कानुन हुन । ती जटिलताको कारणले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बन्न सकेको छैन् । अञ्जान श्रे्ष्ठको नेतृत्वमा निर्वाचित भएर आएपछि तीव्रताका साथ कामहरु अघि बढाइनेछ ।’

उहाँले सरकार पनि काम गर्न उत्साहित भएकाले महासंघमा जुझारु नेतृत्व जरुरी रहेको बताउनुभयो । राजनीतिक रुपमा मुलुकले निकास पाइसकेकाले महासंघले समृद्धीतर्फ अघि बढाउन आगामी नेतृत्वले काम गर्ने बताउनुभयो ।

यता महासंघका हालका अध्यक्ष चन्द्र ढकालको समर्थन पाएका वरिष्ठ उपाध्यक्षका प्रत्याशि हेमराज ढकाल समूह पनि मैदानमा छ । ढकाल समूहकी एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठसहितको उनको समूहले उम्मेदवारी बिहीवार दर्ता गराएको थियो । ढकाल समर्थित समूहमा सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलियालगायत रहेका छन् ।

Leave a Reply