उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी

काठमाडौं, १८ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उहाँको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ ।

मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता पछि ढकालले नीजि क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगि व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताउनुभयो । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवद्र्धन गर्ने उल्लेख गर्दै उहाँले देश विदेशमा रहेका लाखौ नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगित वातावरण सिर्जना गर्ने बताउनुभयो ।

ढकाल प्यानलबाट महासंघको केन्द्रिय सदस्यमा केन्द्रिय सदस्यहरुमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ र नरेश लाल श्रेष्ठ उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);