चिनियाँ पक्षले पर्याप्त सामाग्री नपठाउँदा व्यावसायी मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चिनियाँ पक्षले पर्याप्त सामाग्री नपठाउँदा व्यावसायी मारमा

काठमाडौं, १८ कार्तिक । पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारबाट पुनः सुचारु भएको छ । तर चिनियाँ पक्षले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायीहरु चिन्तित देखिन्छन् ।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्ड अनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा वढी चिनीयाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ । एक चिनियाँ कन्टेनर सामानले नेपाल तर्फको २ देखि ३ कन्टेनर सामान भरिन्छ ।

यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचास भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो ।

चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउदै थोरै सामग्री पठाउँदा आफुहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउनुभयो । समान ढिलो आउँदा स्याउ लगाएतका खाद्य सामाग्री कुहीन थालेकोले नाकालाई निरन्तर खुल्ला गर्नुपर्ने बताउनुभयो । 

नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग गरेका छन् । भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआँउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो । 

अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारिहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

यद्यपी स्वास्थ्य सुरक्षा मापदण्ड परिक्षणको रुपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उहाँले बताउनुभयो । उहाँले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताउनुभयो । 

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफुहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताउनुभयो । नाका पूर्ण रुपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसर समेत वृद्धि हुने भएकोले छिटो भन्दा छिटो नाकालाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);