तीन महिनादेखि बन्द तातोपानी नाका पुनः सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

तीन महिनादेखि बन्द तातोपानी नाका पुनः सञ्चालनमा

tatopani


काठमाडौं, १२ कार्तिक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएर २० गतेदेखि बन्द भएको तातोपानी नाका बुधबारबाट फेरी संचालनमा आएको हो ।

केही नेपाली कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने भएको छ । कन्टेनरलाई भन्सारको आइसोलेशन केन्द्रमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);