सोयाबिन उद्योगमा आगलागी हुँदा चार करोड बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सोयाबिन उद्योगमा आगलागी हुँदा चार करोड बराबरको क्षति

fire

कैलाली, १२ कार्तिक । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आगलागी भएको छ । टीकापुरको बलायर सोयाबिन उद्योगमा बुधबार भएको आगलागीबाट करीब चार करोड बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

बिहान करीब ४ बजेतिर विद्युत् चुहावट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);