काठमाडौँ ।
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले उचित समय र परिस्थिति निर्माण भएपछि पार्टी सडक आन्दोलनमा जाने टिप्पणी गर्नुभएको छ । बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । लोकतान्त्रिक व्यवस्थामा सडक जनताका आवाज र असन्तुष्टि अभिव्यक्त गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै उहाँले जनहितका पक्षमा पार्टी जुनसुकै बेला सडक आन्दोलनमा जानसक्ने तर्क गर्नुभयो । उहाँले सडक आन्दोलनलाई विध्वंसका रूपमा मात्र बुझ्न नहुने समेत बताउनुभयो । उहाँले सरकारका लोकतन्त्रविरोधी गतिविधिका विरुद्ध र जनता आवाज संयमित र शान्तीपूर्ण ढंगले राख्ने कुरामा पार्टी स्पष्ट भएको समेत बताउनुभयो । साथै, उहाँले पार्टीको विचार, संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमा एकीकृत रूपान्तरण आवश्यक रहेको समेत बताउनुभयो । उहाँले पार्टी जीवित रहेसम्म पुनर्गठनको मुद्दा नसकिने उहाँको भनाइ छ । उहाँले पार्टीको संगठनात्मक सुदृढिकरणसँगै आउने स्थानीय तहको निर्वाचनमा होमिने बताउनुभयो ।उहाँले पार्टी सुदृढिकरण र स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारी समानान्तर रुपमा अघि बढाइने समेत बताउनुभयो ।
This website uses cookies.