दूधको मूल्य बढाउन उत्पादन लागत र भारतीय बजारको अध्ययन गर्दै बोर्डः व्यवसायीका सुझावसहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

दूधको मूल्य बढाउन उत्पादन लागत र भारतीय बजारको अध्ययन गर्दै बोर्डः व्यवसायीका सुझावसहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउने

काठमाडौँ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी)ले दूधको मूल्य पुनरावलोकनसम्बन्धी दुग्ध व्यवसायीबाट प्राप्त सुझावका आधारमा दुधको मूल्य वृद्धि गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयमा लेखि पठाउने भएको छ ।बिहीवार बोर्डको कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले यस्तो बताउनुभएको हो । दूधको मूल्य समायोजन कृषकको लागि समेत संवेदनशील विषय भएको भन्दै उहाँले उत्पादन लागत, ढुवानी खर्चको समेत अध्ययन गरेर दुधको मूल्य पुनरावलोकन हुनुपर्ने बताउनुभयो । उहाँले भारतमा दूधको मूल्य, किसानको लागत र ढुवानी खर्चको समेत अध्ययन नगरीकन हचुवाको भरमा दूधको मूल्य प्रश्ताव गर्न नसकिने समेत बताउनुभयो । उहाँले दूधको मूल्य निर्धारणका लागि संरचनागत अवधारणा तयार उल्लेख गर्दै सरोकारवालाबाट प्राप्त सुझावलाई समेत त्यसमा समेटेर कृषि मन्त्रालयमा प्रतिवेदन बुझाउने बताउनुभयो । उहाँले दुग्ध क्षेत्रका विद्यमान समस्या समाधानका लागि तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा कानुनी व्यवस्था गर्नुपर्ने विषय छुट्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।दूधको मूल्य विगत तीन वर्षदेखि स्थीर रहेको भन्दै किसानले मूल्य पुनरावलोकन गर्न माग गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार