क्लासिकल ईण्डष्ट्रिज उद्योगमा भीषण आगलागी, डेढ करोड बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्लासिकल ईण्डष्ट्रिज उद्योगमा भीषण आगलागी, डेढ करोड बराबरको क्षति

Udhyog Ma Aaglagi

बारा, १३ असार । बाराको सिमरास्थित क्लासिकल ईण्डष्ट्रिज प्रालि उद्योगमा गएराति भीषण आगलागी भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.४ सिमरास्थित उद्योगमा गए राति करिब साढे दसबजेबाट सुरु भएको आगलागी शुक्रबार बिहान छ बजे मात्र नियन्त्रणमा आएको हो । समयमा आगलागीको खबर भएको हँदा स्थानीय, प्रहरी, नेपाली सेना र ६ वटा दमकलको सहयोगमा करिब आठ घण्टापछि आगो नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले बताउनु भयो ।

उद्योगमा रहेको भट्टीबाट सुरु भएको आगो भट्टी सञ्चालनका लागी स्टोर गरेको दाउरामा सल्किदा आगोले भयाभय रुप लिएको थियो । भट्टी सञ्चालनका लागि राखिएका उपकरण जल्नुका साथै म्याटे«स बनाउँन प्रयोग हँुने कच्चा पदार्थ र भट्टी आसपारका फलामे ट्रष्ट पनि जलेर नष्ट भएको हो । सबैको सहयोगले आगलागीबाट ठुलो क्षति हुनबाट बचेको भएपनि करिब डेढ करोड बराबरको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।

ज्वलनशील बस्तुहरु धेरै भएको उद्योग भएकाले समयमा आगलागी नियन्त्रण हुन नसकेको भए धेरै क्षति हुन सक्ने उद्योगले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);