बाराको आरती सोप एण्ड भेजिटेबल उधोगमा १३ घण्टा देखी आगलागी, नियन्त्रणमा लिने प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाराको आरती सोप एण्ड भेजिटेबल उधोगमा १३ घण्टा देखी आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

AAGOLAGI

बारा, १० फागुन । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको जितपुर स्थीत एक उद्योगमा गए रातीबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जीतपुर सिमरा उपमहानगरपालिका ९ मा रहेको आरती सोप एण्ड भेजिटेबल (तेल) उधोगमा आगलागी भएको हो ।

आईबार साँझ करिब ७ बजेबाट लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । विरगंज महानगरपालिका, हेटैडा महानगरपालिका, लगायतका ८ वटा वारुणयन्त्रको सहयोगमा आगो लाई नियन्त्रणमा लिन प्रयास गरिएको छ ।

आगलागीबाट करोडौंको क्षेती भएको अनुमान गरिको भएपनि आगो नियन्त्रणमा नआएका कारण क्षति कति भयो भन्ने यकिन नभएको प्रहरीले बताएको छ । उद्योगपति श्याम मुलैयाले संचालन गरेको उधोगले तेल तथा साबुन उत्पादन गर्दै आएको छ ।

तेल उत्पादन गर्ने तर्फको कच्चा पदार्थ भण्डारण गृहबाट आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगाएको टोलिले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);